परिचय

बागमती प्रदेश सरकार अन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखा आयुर्वेद सेवा प्रदान गर्ने स्वास्थ्य संस्था हो। यो कार्यालय भीमेश्वर नगरपालिका वडा नं ३ को मूल बजारमा अवस्थित छ ।

यस कार्यालयमा दक्ष तथा अनुभवी चिकित्सकबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म सेवाहरु, प्रयोगशाला सेवा, उपचारात्मक तथा प्रवर्धनात्मक योग सेवा, ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्द्धनका लागि विशेष सेवा र ६ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्धवर्धक औषधि वितरण गर्ने विशेष सेवाहरु पनि उपलब्ध छन् । साथै नेपाल सरकारबाट तोकिएका २३ किसिमका आयुर्वेद औषधिहरु समेत निःशुल्क बितरण भैरहेका छन् ।


यस कार्यालय मातहत तामाकोशी गाउँपालिकाविगु गाउँपालिका, शैलुङ गाउँपालिका र गौरीशङ्कर गाउँपालिकामा जम्मा ४ वटा नागरिक आरोग्य सेवा केन्द्रहरु रहेका छन् जुन स्वस्थ जीवनशैली प्रवर्द्धन तथा नसर्ने रोग व्यवस्थापनका लागि सञ्चालनमा ल्याईएको हो।

यस कार्यालयमा हाल एक चिकित्सक सहित जम्मा ९ जना कर्मचारी कार्यरत छन् भने प्रत्येक नागरिक आरोग्य सेवा केन्द्रहरुमा २/२ जना गरी जिल्ला भरीमा जम्मा १७ जना कर्मचारीहरु कार्यरत छन्।

Ayurveda and Alternative Medicine Hospital, Dolakha is situated in the lap of Goddess Kalinchowk and is shouldered by Lord Bhimeshwor. It operates under the supervision and instructions provided by Ministry of Health, Bagamati Province. It is service oriented organization which aims to provide basic health services through preventive, promotive and curative approach.



© 2024 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , दोलखा, नेपाल